Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • गाउँपालिका अध्यक्षकै कार्यकक्षमा प्राविधिक कुटिए

    गाउँपालिका अध्यक्षकै कार्यकक्षमा प्राविधिक कुटिए

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 663
    SHARES

    फाइल : तस्बिर

    पश्चिम रुकुम । बाँफिकोट गाउँपालिकाका सवइन्जिनियर दिपक शाहमाथि कुटपिट भएको छ ।

    पालिका अध्यक्ष जनकुमार बाँठामगरकै कार्यकक्षमा नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल बाँफिकोट गाउँपालिका अध्यक्ष राजु शाहीले प्राविधिक शाहलाई कुटेका हुन् ।



    गाउँपालिका अध्यक्ष जनकुमार बाँठा मगरकै अघि शाहीले कुटपिट गरेको शाहको आरोप छ । प्राविधिकमाथि कुटपिट हुँदा पनि अध्यक्ष बाँठा मुखदर्शक बनेको भन्दै कर्मचारी आक्रोशित बनेका छन् ।



    कर्मचारीमाथि कुटपिट गर्ने शाहीलाई इलाका प्रहरी कार्यालय बाँफिकोटले नियन्त्रणमा लिएको छ । उनलाई थप कारबाहीका लागि जिल्ला पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ । आफूमाथि कुटपिट भएपछि पीडित शाहले कारबाहीका लागि निवेदन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार