Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सरकारलाई झलनाथको प्रश्न – एसपिपी अस्वीकारको पत्र लेख्‍न सरकारलाई कसले रोक्यो ?

    सरकारलाई झलनाथको प्रश्न – एसपिपी अस्वीकारको पत्र लेख्‍न सरकारलाई कसले रोक्यो ?

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 876
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एसपीपी अस्वीकार गर्ने सरकारको निर्णयबारे अमेरिकालाई पत्र नलेखेको भन्दै सरकारको कार्यकारी अधिकार कता छ ? भनेर प्रश्न गरेका छन् ।

    खनालले एमसीसीबारे सरकारले अमेरिकालाई पत्राचार गर्ने भनेर मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन नगरिएकोमा आपत्ति जनाएका हुन् ।



    बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता खनालले मुलुकको राष्ट्रियताका सामु अनेक प्रकारका खतरा पैदा भइरहेको भन्दै एसपीपी नस्वीकार्ने भनेर सरकारले गरेको निर्णय एक महिना हुँदा समेत पत्र नपठाएकोमा आश्चर्य व्यक्त गरे ।



    कार्यकारी अधिकार भएको क्याविनेटले निर्णय गरिसकेपछि कसैले रोक्न सक्छ भन्दै नेता नेपालले के कारणले रोकिएको भनि प्रधानमन्त्री र सरकारलाई प्रश्न गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार