Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एकीकृत समाजवादीका नेता खनालले भने – नयाँ गठबन्धनबारे कुनै निर्णय गरेनौं

    एकीकृत समाजवादीका नेता खनालले भने – नयाँ गठबन्धनबारे कुनै निर्णय गरेनौं

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 702
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्रत्यासित कदम चालेको बताएको छ।

    कांग्रेससहितको गठबन्धन भत्किएर एमालेससहितको नयाँ गठबन्धन बनेपछि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डको कदमलाई अप्रत्यासित भनेको हो ।



    सचिवालय बैठकपछि सम्मानित नेता झलनाथ खनालले अहिले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको बताए ।



    नेता खनालले भने, ‘यो नयाँ गठबन्धनका नीति र कार्यक्रम के हुन्छन् । यसको प्रक्रिया र चरित्र के हो ? त्यो थाहा पाएको छैन । त्यसबारेमा उहाँहरूले कुराकानी गर्नुभयो भने भने हामीले फाइनल दृष्टिकोण बनाउन मिल्छ ।’

    उनले प्रधानमन्त्री प्रचण्डले यो गठबन्धनबारे कुनै छलफल नगरेको बताए । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले नेकपा एसलाई पनि सँगै लैजाने निर्णय गरेको थियो ।

    यसमा एमालेको धारणा भने बाहिर आएको छैन । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले चालेका कदमको सम्भावना, राम्रा नराम्रा पक्षहरूको विश्लेषण गरेरमात्रै निर्णय गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार