Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • झलनाथ खनाल र विप्लवबीच डल्लुमा भेटवार्ता, के भयो कुराकानी ?

    झलनाथ खनाल र विप्लवबीच डल्लुमा भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 591
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

    उनीहरूबीच खनालको निवास डल्लुमा भेटवार्ता भएको हो । भेटमा देशको वर्तमान अवस्था, कम्युनिस्ट एकताको समस्या र सम्भावना र समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।



    मोर्चामा सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् । यस्तै शनिबार बिहान प्रधानमन्त्रीलाई भेट्न खनाल बालुवाटार पुगेका थिए ।



    बिहान प्रधानमन्त्री र बेलुका विप्लवसित भएको भेटवार्तालाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार