Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दक्षिणपन्थी शक्तिहरू चलखेल र षड्यन्त्रमा लागे, सरकारलाई दायाँबायाँ गर्ने छुट छैन : झलनाथ

    दक्षिणपन्थी शक्तिहरू चलखेल र षड्यन्त्रमा लागे, सरकारलाई दायाँबायाँ गर्ने छुट छैन : झलनाथ

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 681
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ सत्ता समीकरण सकारात्मक परिवर्तन भएको बताएका छन् ।

    नेकपा एमालेसहितको नयाँ समीकरणको सरकारलाई शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । उनले नयाँ समीकरणलाई समकालीन राजनीतिक परिस्थितिमा आएको महत्वपूर्ण सकारात्मक परिवर्तन भनेका छन् ।



    “वामपन्थी एकताको माग दिनप्रतिदिन बढिरहेको थियो । मुलुकको राजनीतिक कोर्स बदल्नुपर्छ भन्ने माग प्रबल बनिरहेको थियो । त्यही जनचाहना र मुलुकको आवश्यकतालाई प्रतिबिम्बित गर्दै यो बाम लोकतान्त्रिक शक्तिहरूको नँया सरकार बनेको छ,” विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, “यो सरकार बन्दा आज आमजनतामा नयाँ आशाको सञ्चार भएको छ । मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरू समेत यो सरकारप्रति सकारात्मक देखिएका छन् ।”



    जटिल अवस्थामा अहिलेको सरकार बनेको भन्दै खनालले यसलाई दायाँबायाँ गर्ने कुनै छुट नरहेको बताएका छन् । यद्यपि, सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू विभिन्न प्रकारका चलखेल र षड्यन्त्रमा लागिसकेको उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार