Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपा परित्याग गरेका गिरीसहितका चार नेता राप्रपा नेपाल प्रवेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका दिलनाथ गिरीलगायतका नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल प्रवेश गरेका छन् ।

स्पष्टीकरण सोधिएपछि राप्रपा परित्याग गरेका गिरीसहितका चार नेताहरू राप्रपा नेपाल प्रवेश गरेका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग मतभेद बढेका चार नेतालाई राप्रपाले २४ घन्टे स्पष्टीकरण सोधेको थियो । उनीहरूले स्पष्टीकरण नदिई पार्टी परित्यागको घोषणा गरेका थिए ।

पार्टी परित्याग गरेका गिरीसहित दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमिल्सिना र राजाराम श्रेष्ठलाई बिहीवार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077