Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जहाज उडेको १५ मिनेटमै आकस्मिक अवतरण, पाइलटको मृत्यु

एजेन्सी । इन्डोनेसियामा बिहीबार यात्रुवाहक जहाजको आकस्मिक अवतरण गरेपछि पाइलटको मृत्यु भएको छ।

एबिसी न्युजका अनुसार सिटिलिंक एयरलाइन्स कम्पनीको एयरबस ए ३२० विमान उडेको १५ मिनेटपछि पाइलटको स्वास्थ्यमा समस्या आएको थियो। उडान क्रममा चालकको स्वास्थ्यमा समस्या आएको बताएपछि विमान सुराबायाको जुआन्डा अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्न अनुमति दिइएको थियो ।

जहाजमा भएका सय जना यात्रु सबै सकुशल विमानस्थलमा उत्रेपछि उनीहरूलाई अर्को उडानमार्फत गन्तव्यमा पुर्‍याइएको छ । उडान क्रममा स्वास्थ्य समस्या देखिएका पाइलट ४८ वर्षीय ब्वाइ अवालिया थिए। उनलाई तत्कालै अस्पताल लगिएको थियो। अस्पताल लगेको केही समयमै उनको निधन भएको हो।

आफ्नो विमानका चालकको निधन भएको सिटिलिंकका कार्यकारी निर्देशक देवा काडेक राईले पुष्टि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077