Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोदालोले प्रहार गरेर भतिजाले गरे काकाको हत्या

महोत्तरी । पिपरा गाउँपालिका-५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका हुन्।

बिहीबार खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा बगैँचामा बसिरहेका भतिजा रामनाथलाई काका रामबहादुरले घर आउनका लागि बोलाउन जाँदा भतिजा रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालो तत्कालै काकाको टाउकामा प्रहार गरेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ। रामनाथले काका रामबहादुरको टाउकामा कोदालो प्रहार गर्नासाथ घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीले घटनाबारे अबेर साँझ जानकारी पाएर शवको सर्जमिन मुचुल्का गरी परीक्षणका लागि गए राति जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ। काकाको हत्या गर्ने भतिजालाई पनि घरैबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए। हत्याको कारण भने खुलेको छैन। प्रहरीले यसबारेमा अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077