Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इन्डोनेसियाबाट ल्याइएको ८ ट्रक अवैध सुपारी रानी नाकाबाट बरामद

काठमाडौं । इन्डोनेसियाबाट भारत हुँदै झापाको काँकडभिट्टा नाकाबाट तस्करी गरी ल्याइएको ८ ट्रक सुपारी प्रहरीले बरामद गरेको छ । उक्त सुपारी गएराति विराटनगरको रानी नाकाबाट बरामद गरिएको हो ।

प्रहरी स्रोतका अनुसार नेपाली सुपारी भनेर इन्डोनेसियाको सुपारी तस्करी गरी जोगमनी नाकाबाट भारत लैजान लागिएको थाहा पाएपछि प्रहरीले ती ट्रकलाई बरामद गरेको थियो ।

प्रहरीले सुपारीसहित नियन्त्रणमा लिएका ट्रकहरूमा युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरका रहेका छन् ।

सुपारीको स्याम्पल प्रयोगशालामा पठाउन लागिएको प्रहरीले जनाएको छ । पहिलादेखि नै सक्रिय तस्कर समूहले भारत लैजान लागेको प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077