Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जेलबाट छुटेको १ महिनामा कोदालोले हानेर काकाको हत्या

महोत्तरी । महोत्तरीमा जेलबाट रिहा भएको १ महिनामा भतिजाले काकाको हत्या गरेका छन् ।

जिल्लाको पिपरा गाउँपालिका–५ सहोडवा गाउँका ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका हुन्।

बगैँचामा बसिरहेका रामनाथलाई काका रामबहादुरले घर बोलाउन जाँदा खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालो काकाको टाउकोमा प्रहार गरेर हत्या गरेको जिल्ल प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

रामनाथले काका रामबहादुरको टाउकामा कोदालो प्रहार गर्नासाथ घटनास्थलमै मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077