Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफ्नै श्रीमतीको हत्या गरि शव खाल्डोमा गाडियो, श्रीमानसहित तीन जना पक्राउ

सर्लाही । सर्लाहीमा आफ्नै श्रीमतीको हत्या गरि खाल्डोमा पुरेको आरोपमा श्रीमानसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा गाउँपालिका १ बस्ने बालदत भनिने रमजेशकुमार यादव, उनका बुवा रामप्रताप र भाइ राजु रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तीनै जनाले मिलेर रमजेशकी २० वर्षकी श्रीमती निशाको हत्या गरि घरदेखि ४ किलोमिटर पूर्व आफ्नै जग्गामा शव गाडेको पाइएको हो ।

२२ जेठमा निशा हराएको भन्दै खोजिदिन उनका बुवा कैलाश राय र २४ गते उनका ससुरा रामप्रतापले प्रहरीमा निवेदन दिएका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077