Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनी खाद्यान्न निर्यात गर्न रुस सहमत

एजेन्सी । टर्कीले युक्रेनलाई पुनः ब्ल्याक सी हुँदै खाद्यान्न निर्यात गर्ने अनुमति दिने विषयमा रुससँग सहमति भएको छ ।

शुक्रबार इस्तानबुलमा सो सम्झौतामा युक्रेन, रुस, टर्की र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता विश्वमा युक्रेनी अन्नको अभाव खट्किन थालेको छ । यसबाट लाखौँ मानिस भोकमरीको खतरामा परेका छन् । युक्रेन युद्धका कारण अहिले विश्व बजारमा खाद्यान्नको मूल्य अत्यधिक वृद्धि भइरहेको छ ।

यस्तो परिस्थितिमा युक्रेनी बन्दरगाहहरू खोल्ने सम्झौता निकै महत्वपूर्ण रहेको छ । युक्रेनमा अहिले करिब दुई करोड टन अन्न त्यसै थन्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077