Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नारायणकाजी श्रेष्ठको प्रश्न - गठबन्धनका नाममा बाध्यात्मक समर्थन कहिलेसम्म?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सरकारले नागरिकता विधेयक पारित गरेपछि असन्तुष्टि व्यक्त गरेका छन्।

नागरिकताजस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति आवश्यक हुनुपर्ने ठहर गर्दै तत्कालीन सरकारले रोकेको भएपनि कांग्रेसले बलजफ्ति गरेर पास गरेको आरोप श्रेष्ठले लगाएका हुन्।

श्रेष्ठले ले भने, ‘अहिले फेरि नागरिकताको विषयमा समितिको धारणा नै हाम्रो धारणा हुँदाहुँदै पनि विधेयकलाई पारित गर्ने निर्णय भयो। एसपिपीको बारेमा अस्विकारको पत्र सरकारले पठाएको छैन। के हामी गठबन्धनको नाममा पत्र नपठाउने कार्य सरकारले गरिरह्यो भने त्यसलाई पनि बाध्यात्मक समर्थन गर्न सक्छौं त?’

उनले गठबन्धनमा कांग्रेसको बलजफ्ती स्वीकार्य नहुने चेतावनी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077