Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपाल र प्रचण्ड कम्युनिष्ट आन्दोलनका गद्दार हुन् : पोखरेल

वीरेन्द्रनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा एमालेबाहेक अन्य दलहरु वास्तविक लोकतन्त्रवादी नभएको टिप्पणी गरेका छन् ।

शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमालेद्वारा आयोजित कार्यक्रममा बोल्दै नेपालमा वास्तविक लोकतन्त्रवादी छन् भने एमालेहरू मात्रै भएको बताएका हुन् ।

उनले भने, ‘हिजो प्रचण्ड र माधव नेपालले एमाले विभाजन गरेपनि जनताको नेतृत्व गर्न नसक्ने समयले पुष्टि गरिसकेको छ ।’

साथै उनले माधव नेपाल र प्रचण्ड कम्युनिष्ट आन्दोलनका गद्दारहरू भएको टिप्पणी समेत गर्न भ्याए । माधव नेपाललाई आदर्शका गफ दिने व्यक्तिको रुपमा समेत चित्रित गरे । नेपालको राजनीति दुईवटा ध्रुवमा विभाजित भएको समेत पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077