Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सद्भावना पार्टीमा फर्किइन् सरिता गिरी

    सद्भावना पार्टीमा फर्किइन् सरिता गिरी

    अनलाइन नेपाल
  • शनिबार, ७ साउन २०७९
  • 852
    SHARES

    काठमाडौं । पूर्वमन्त्री सरिता गिरी नेपाल सद्भावना पार्टीमा सक्रिय हुने भएकी छिन् ।

    गिरीलाई आज पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले दोसल्ला र माला ओढाएर पार्टीमा स्वागत गरेका हुन् ।



    आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमका बीच गिरीलाई उक्त पार्टीमा स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै गिरीले आफूले कहिल्यै पनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको स्मरण गराइन् ।



    गिरीले मधेस, नेपाल र सङ्घीयता भन्ने चीज रहेसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहने दाबी गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार