Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • वडा मिसाएर मत गन्नुपर्ने माग राख्दै मतगणनास्थलमा सरिताको धर्ना

    वडा मिसाएर मत गन्नुपर्ने माग राख्दै मतगणनास्थलमा सरिताको धर्ना

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 795
    SHARES

    सिरहा। सिरहा क्षेत्र नम्बर १ को मतगणना प्रक्रियामा विवाद सृजना भएको छ ।

    वडाअनुसार मतगणना गर्न खोजेको भन्दै स्वतन्त्र उम्मेदवार सरिता गिरी मतगणनास्थल निर्वाचन अधिकृतको कार्यालय लहान अगाडि धर्ना बसेकी छन् ।



    उनले भनिन्, ‘ठूला दलले राखेको अपेक्षा बमोजिम वडामा मत आएन भने उनीहरु बर्बाल गर्छन् । सम्पूर्ण मतदाताको पनि अपमान पनि हुन्छन् । त्यसैले वडा अनुसार मतगणना गर्नु हुँदैन ।’



    निर्वाचन अधिकृतको कार्यालयले निर्देशिकाबमोजिम मतगणना गर्न खोज्दा ठूला दलका प्रतिनिधिहरूले आपत्ति जनाएका थिए ।

    त्यसपछि वडाअनुसार मतगणना गर्न सहमति बनेपछि स्वतन्त्र उम्मेदवार गिरी धर्ना बसेकी हुन् । उम्मेदवार गिरीले वडा अनुसार मतगणना गर्दा द्धन्द्ध फैलिने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार