Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सरिता गिरीको मुद्दा मोक्तान र सुवेदीको इजलासमा 

    सरिता गिरीको मुद्दा मोक्तान र सुवेदीको इजलासमा 

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । पदमुक्त भएकी संघीय सांसद सरिता गिरीको रिट निवेदनमा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

    न्यायाधीशहरू टंकबहादुर मोक्तान र नहकुल सुवेदीको संयुक्त इजलासमा रिटको पेसी तोकिएको छ ।



    संघीय संसद् सचिवालयले गैरकानुनी रूपमा सांसद पदबाट निष्कासन गरेको भन्दै उनी २८ असार २०७७ मा सर्वोच्च पुगेकी थिइन् । रिटमार्फत उनले निष्कासन गर्ने सचिवालयको निर्णयलाई खारेज गर्न मागसमेत गरेकी छिन् ।



    जनता समाजवादी पार्टीको संसदीय दलले निष्कासन गर्न भन्दै सचिवालयलाई पठाएको पत्र पनि गैरकानुनी भएको उनको जिकिर छ ।

    सरकारले विवादित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरासमेत समेटेर राजनीतिक नक्सा जारी गरेपछि निशान छापमा नक्सा परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गर्दा गिरी प्रस्तावको विपक्षमा उभिएकी थिइन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार