Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लिपुलेकलगायतको भूमि नेपालको हो, नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ : प्रधानमन्त्री

    लिपुलेकलगायतको भूमि नेपालको हो, नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ : प्रधानमन्त्री

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन् ।

    सरकारको नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले लिपुलेकलगायतको भूभाग नेपालको भएको दाबी गरेका हुन् ।



    उनले यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक लिपुलेकका बारेमा सरकारको जवाफ माग गरेका थिए । उनले प्रधानमन्त्री देउवालाई जवाफ दिन भनेका थिए ।



    त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र आफू एक चीन नीतिमा अहिले पनि प्रतिबद्ध रहेको दाबी गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले चीनविरुद्धको गतिविधि भइरहेको र नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत काम भइरहेको आरोप लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार