Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सरकारले भन्यो- लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रै हो

    सरकारले भन्यो- लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रै हो

    अनलाइन नेपाल
  • आइतबार, २ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सरकारले भारतीय पक्षलाई नेपाली भूभागमा एकपक्षीय ढंगले गरेको सडक विस्तार रोक्न आग्रह गरेको छ ।

    आइतबार सरकारको धारणा सार्वजनिक गर्दै  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिपुलेकमा भारतीय पक्षले गरेको सडक निर्माण रोक्न आग्रह गरेको बताएका हुन् ।



    त्यस्तै सरकारले महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पस्ट भएको मन्त्री कार्कीको भनाइ छ ।



    यसैगरी, दुई देशको सीमा समस्याको समाधान ऐतिहासिक तथ्य, प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको समेत मन्त्री कार्कीले दाबी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार