Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडेको अवस्थामा महिलाको शव फेला

रुकुम । रुकुम पश्चिममा एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ ।

जिल्लाको मुसीकोट नगरपालिका १ गिलबाङ निपानेमा पहिचान नखुलेकी अन्दाजी ३५/४० वर्षकी महिलाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

कार्यालयका प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार महिलाको शव सडेर टाउकोको पुरै भाग खसेको छ ।

शुक्रबार बेलुका गिलबाङको एक पुरानो गोठमा शव कुहिएको अवस्थामा रहेको भनि स्थानीयले खबर गरेपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

अहिले शवलाई जिल्ला अस्पताल सल्लेमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077