काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल नहुनेबताएका छन् ।
नेकपा एकीकृत समाजवादी नुवाकोट-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् ।
उनले कुनै दललाई बहुमत प्राप्त हुने गरि तालमेल हुन नसक्ने भन्दै तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने माग गरेका हुन् ।
कांग्रेसप्रति लक्षित गर्दै खनालले केहि दलले बहुमत आउने गरि चूनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने स्पष्ट पारे ।
खनालले स्थानीय तहमा जसलाई बोक्यो, उसलै आगामी निर्वाचनमा बहुमत ल्याए कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुने बताए ।