Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यस्ता छन् राप्रपा केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णय [सूचीसहित]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएको छ ।

साउन ५, ६ र ७ गते राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको बैठक विविध विषयमा १५ निर्णय गर्दै सम्पन्न भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

बैठकमा पार्टीका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी लगायतको उपस्थिति रहेको श्रेष्ठले जानकारी गराएका छन्। राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना लगायतका विषयमा जारी आन्दोलनलाई निरन्तर संचालन गर्ने निर्णय गरेको छ।

‘साउन महिनाभित्र संचालन गरिने राष्ट्रव्यापी विरोध कार्यक्रमहरु सम्पन्न भएपछि भदौ महिनामा उपत्यका केन्द्रित जन संघर्षका कार्यक्रम संचालन गरिनेछ,’ राप्रपाको निर्णयमा भनिएको छ, ‘गत आवधिक निर्वाचनहरूमा सरकार निष्पक्ष नरहेको तितो अनुभव लाई मध्यनजर गर्दै, आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रुपमा सम्पन्न गर्नका लागि निष्पक्ष चुनावी सरकार गठन गर्न राप्रपा माग गर्दछ।’

यस्ता छन् राप्रपाका निर्णय :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077