Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इमरान खानको चेतावनी - पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा धेरै टाढा छैन

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको टिप्पणी गरेका छन् ।

सर्वसाधारण मानिस असिफ जर्दारीले नेतृत्व गरेको ‘माफिया’ विरुद्ध ‘हकीकी आजादी’को लागि सडकमा उत्रनेसमेत उनले चेतावनी दिए ।

पूर्वक्रिकेटरसमेत रहेका खानले आसिफ जर्दारी र शरीफ परिवारको नेतृत्वमा रहेको माफियाले अवैध रूपमा जम्मा गरेको सम्पत्ति जोगाउन तीन महिनामा देशलाई राजनीतिक र आर्थिक रूपमा तहसनहस पारेको आरोप लगाए ।

‘हामी श्रीलंकाको अवस्थाभन्दा टाढा छैनौं जब हाम्रा जनता सडकमा उत्रनेछन्’, खानले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077