जनकपुरधाम । बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ की एक महिला दुई दिनपछि मृतावस्थामा फेलापरेकी छन् ।
गएको बिहीबारदेखि हराएकी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेलापरेको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेलापरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
शव परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल पठाइएको प्रहरीले जनाएकोछ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।