Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

५० हजार नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

सर्लाही । नक्कली नेपाली नोटसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला सोनबर्षा पर्छुहिया ९ घर भएका ४० वर्षीय लालमोहन पासवान रहेको प्रहरीले जनाएको छ ।

हरिवन नगरपालिका ११ स्थित कार्की पुस्तक पसल अगाडिबाट पासवानलाई ५० हजार नक्कली नेपाली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हजारको नक्कली ५० वटा नोटसहित पक्राउ परेका उनिबिरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077