Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेडिकल काउन्सिलको परीक्षामा १४९ चिकित्सक फेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक विशेषज्ञहरूको नाम दर्ता परीक्षामा १४९ जना चिकित्सक फेल भएका छन्।

काउन्सिलले शनिबार लिएको २३ औं विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरू सहभागी भएका थिए ।

तीमध्ये ३२५ (६८.६) प्रतिशत पास र १४९ (३१.४ प्रतिशत) फेल भएका छन्। विभिन्न ४५ वटा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरू सहभागी भएका थिए।

यसअघि माघ २१ र २२ गते लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077