Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • फिलिपिन्सको मनिला विश्वविद्यालयमा चल्यो गोली, तीन जनाको मृत्यु

    फिलिपिन्सको मनिला विश्वविद्यालयमा चल्यो गोली, तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ८ साउन २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    एजेन्सी । फिलिपिन्सको राजधानी मनिलाको एक विश्वविद्यालयमा आइतबार भएको गोली काण्डमा तीन जनाको मृत्यु भएको छ ।

    एटेनियो डे मनिला विश्वविद्यालयमा अध्ययनरत कानुनका विद्यार्थीहरू र उनीहरूका परिवारहरू स्नातक समारोहका लागि विश्वविद्यालयमा जम्मा भइरहेको बेला उक्त घटना भएको हो ।



    सर्वोच्च अदालतका प्रधानन्यायाधीशद्वारा उक्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। प्रहरीले आरोपित बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताएको छ ।



    उक्त घटनामा मारिनेहरूमा दक्षिणी प्रान्त बासिलानको पूर्व मेयर रोज फुरिगे र उनकी छोरीलगायात रहेको बताइएको छ । फुरिगेका कार्यकारी सहायक र विश्वविद्यालयका सुरक्षा गार्ड पनि सो घटनामा मारिएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार