Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृङ्खला एक खेल अगावै भारतको कब्जा

एजेन्सी । भारतले दोस्रो एक दिवसीय क्रिकेटमा वेष्ट इन्डिजलाई दुई विकेटले पराजित गरेको छ ।

जितसँगै भारतले एक दिवसीय क्रिकेटको शृङ्खला एक खेल अगावै जितेको छ ।

आइतबार भएको खेलमा पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३११ रन बनाएको थियो।

वेस्ट इन्डिजका लागि शाइ होपले ११५ रनको शतकीय पाली खेलेका थिए भने कप्तान निकोलास पूरनले ७४ रन बनाए।

भारतका शार्दूल ठाकुरले ३ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको भारतले ४९ ओभर ४ बलमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077