Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संविधानको भावना अनुसार नागरिकता विधेयक आएको छ : नारायण देव

काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले ‘नेकपा’कालमा भएका त्रुटि र असंवैधानिक कामलाई सच्याएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिएका छन् ।

नागरिकता सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले अन्तरिम संविधान २०६३ र नागरिकता ऐन २०६३ दलहरुबीच सहमतिको दस्तावेज र क्रान्तिको दस्तावेज भएको बताए ।

अन्तरिम संविधानमा रहेका प्रावधानलाई जस्ताको तस्तै अहिलेको संविधानमा राखेको र एनआरएन, जन्मसिद्धका सन्तानबारे नयाँ संविधानमा केही व्यवस्था संश्लेषण गरेको उनको भनाई छ ।

उनले अहिलेको संविधानको अक्षर र भावना अनुसार नै नागरिकता सम्बन्धी विधेयक आएको दाबी गरे । अहिलेको संविधानमा संशोधन नगरेसम्म वैवाहिक अंगीकृतका बारेमा शर्तसहितको कुनै कानुन बनाउन नमिल्ने पनि उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077