Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मलामी बोकेको जिप दुर्घटना हुदाँ ५ जना घाइते

पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बलको गण नजिकैको सडकमा करिब सवा ११ बजे ग१ज ७८५१ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा परी मोदी गाउँपालिका–५ बाजुङका ३९ वर्षीय झलकराज पौडेल, ४० वर्षीय दलबहादुर मल्ल, ५८ वर्षीय  सरिता ठकुरी, ७६ वर्षीय रामबहादुर माझी र ४६ वर्षीय मीना मल्ल घाइते भएका हुन्।

दुर्घटना लगत्तै उद्धार गरिएका उनीहरूको पर्वत अस्पतालमा उपचार भइरहेको छ। जिल्लाको मोदी गाउँपालिका–५ बाजुङबाट मलामी बोकेर मोदीबेणी घाटतर्फ जाँदै गरेको जिप सडकबाट फुत्किएर नालीमा धसारिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077