Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले नर्ड स्ट्रीम-१ बाट युरोपेली सङ्घमा ग्यास निर्यात घटाउने

एजेन्सी । रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ (ईयू) अन्तर्गतका देशमा आपूर्ति हुने ग्यास निर्यात घटाउने भएको छ ।

मुख्य पाइपलाइन मर्मतको कामका कारण आपूर्ति कटौती गर्न लागिएको ग्याजप्रोमले जनाएको छ ।

ग्याजप्रोमले नर्ड स्ट्रीम–१ पाइप लाइनको अर्को टर्बाइन बन्द गरिने र यसले ग्यासको उत्पादनमा २० प्रतिशत कटौती हुने उल्लेख गरेको छ ।

अहिले ईयूमा भइरहेको ग्यास आपूर्ति आधा कम हुन सक्ने अनुमान छ । जर्मन सरकारले भने ग्यास आपूर्ति कटौती गर्नु पर्ने कुनै प्राविधिक कारण नरहेको बताएको छ ।

यो निर्णयले युरोपेली सङ्घका देशमा जाडो महिनाअघि ग्यास जोहो गर्न थप कठिन बनाउने देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077