Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बलात्कारको आरोपमा वडाअध्यक्ष नेगी कारागार चलान

बैतडी । बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका १ का वडाअध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ।

जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

२८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा वडाअध्यक्ष नेगीसंगै सोही ठाउँका केशवसिंह नेगीलाई असार १४ गते पक्राउ गरिएको थियो।

वडाअध्यक्ष नेगीसंगै सोही ठाउँका केशवसिंह नेगीलाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ल प्रहरी कार्यालय बैतडीले जनाएको छ । नेगी वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका वडा नं। १ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077