Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले नेता भट्टराईको आरोप - मंकीपक्स रोगको बारेमा सरकार गम्भीर भएन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मंकीपक्सको संक्रमणबाट बच्न पूर्व तयारी नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा एमाले सचिव एवम् सांसद योगेश भट्टराईले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले संसारभर स्वास्थ्य आपत्काल घोषणा गरेपनि नेपालमा रोकथामका लागि कुनै पूर्व तयारी नगरेको भन्दै ध्यानाकर्षण गराएका हुन्।

ब्लूएचओले एलर्ट जारी गरेपनि नेपाल सरकार निद्राको अवस्थामा रहेको आरोप लगाएका छन्। भारतमा समेत चार वटा केस देखिएको भन्दै उनले नेपाल भयानक अवस्थाबाट टाढा नरहेको बताएका हुन् ।

सीमा नाकामा कडाइ तथा चेकजाँच गर्ने, आम जनतालाई सचेत गराउने जस्ता कदम चाल्नुपर्ने भन्दै एमाले सचिव भट्टराईले भने, ‘तर नेपाल सरकार मौन बसेको छ, सरकार निद्राको अवस्थामा छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077