Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसदमा हंगामा गरेको भन्दै भारतमा राज्यसभा र लोकसभाका १९ सांसद निलम्वित

एजेन्सी । भारतको राज्यसभा अन्तर्गतका १९ जना सांसदलाई निलम्बन गरिएको छ।

मर्यादाविपरित संसदमा हंगामा गरेको भन्दै उनीहरुलाई एक हप्ताका लागि निलम्बन गरिएको हो।

निलम्बन पर्नेमा तृणमूलका सांसद सुष्मिता देव, डा. शान्तनु सेन, डला सेन, शान्ता क्षेत्री, मोहम्मद अब्दुल्ला, एए रहिम, एल यादव, वीवी शिवादासन, अवीर रन्जन विश्वास र नदीमुल हक छन्।

विपक्षी दलका यी नेताहरु संसद अवरोध गरी काम कारबाहीमा बाधा पुर्‍याएको उपसभापतिको आरोप छ।

सोमबार लोकसभा अन्तर्गत कांग्रेसका चार सांसदलाई निलम्बन गरिएको थियो। जसमा मणिक्कम टेगोर, टीएम प्रतापन, ज्योतिमणि र रम्या हरिदास छन्। उनीहरुले महँगीविरुद्ध संसदमा विरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077