Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'एसिड हान्छु’ भन्दै प्र्याङ्क भिडियो बनाउने युट्युबर पक्राउ

काठमाडौं । प्र्याङ्क भिडियोका नाममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा 'बदमास केटा' नामक युट्युब च्यानलका सञ्चालक नवलपरासीका २६ वर्षीय पूर्णचन्द्र भुसाल रहेको प्रहरीले जनाएको छ ।

उनले बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भनेर प्र्याङ्क भिडियो बनाएका थिए ।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त भिडियो युट्युबमा अपलोड भएपछि फेसबुक लगायत सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077