Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्चको आदेश - पाकिस्तानको पन्जाब प्रान्तमा इमरान खान नेतृत्वको पार्टीको सरकार बनाउनू

एजेन्सी । पाकिस्तानको पन्जाब प्रान्तमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईको नेतृत्वको सरकार बनाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्चले गएराति पन्जाब प्रान्तमा पीटीआईका मुख्यमन्त्रीका प्रत्यासीलाई मुख्यमन्त्रीको रुपमा नियुक्त गर्न आदेश दिएको हो ।

यदि प्रदेश प्रमुखले यस्तो गर्न नमानेमा राष्ट्रपतिबाट मुख्यमन्त्री नियुक्त गर्न पनि सर्वोच्च अदालतले भनेको छ ।

यसै महिनाको १७ तारिखमा पाकिस्तानको पन्जाबमा भएको उपचुनावमा इमरान खान नेतृत्वको पार्टी तहरिक-ए-इन्साफ (पीटीआई) ले शानदार जित हासिल गरेको थियो । पीटीआईले २० मध्ये १५ सिट जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077