Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन छोड्दै रुस

एजेन्सी । रुसले सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन छोड्ने निर्णय गरेको छ । मस्कोको अन्तरिक्ष एजेन्सीका नवनियुक्त प्रमुखले मंगलबार राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन २०२४ पछि छोड्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

युक्रेनमा मस्कोको सैन्य हस्तक्षेप र रुसविरुद्ध अभूतपूर्व प्रतिबन्धका कारण क्रेमलिन र पश्चिमाहरूबीच तनाव बढेको बेला मस्कोले यस्तो घोषणा गरेको हो ।रुस

र संयुक्त राज्य अमेरिकाले सन् १९९८ देखि अन्तरिक्षमा रहेको आइएसएसमा सहकार्य गर्दै आएका छन् । अन्तरिक्ष स्टेसनबाट पछाडि हट्ने निर्णयलाई पुटिनले ‘राम्रो’ भनेका छन् ।

बोरिसोभले अन्तरिक्ष उद्योग ‘कठिन परिस्थिति’मा रहेको बताए । सन् १९६१ मा पहिलो मानिसलाई अन्तरिक्षमा पठाउनु र चार वर्षअघि पहिलो उपग्रह प्रक्षेपण गर्नु सोभियत अन्तरिक्ष कार्यक्रमका प्रमुख उपलब्धिहरू हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077