सोलुखुम्बु । अपर सोलु हाइड्रोपावरको ड्यामसाइटमा एक महिलाकोशव फेला परेको छ।
सोलु दुधकुण्ड नगरपालिका ७ को साल्मे स्थित ड्यामसाइटमा सडेको अवस्थामा महिलाको शव भेटिएको हो ।
हाइड्रोपावरका कर्मचारीहरुले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
करिब एक महिना अघि सोलु दुधकुण्ड नगरपालिका–४ बाट बेपत्ता भएका रंगे विश्वकर्माका श्रीमति शषिकला राईको हुन सक्ने प्रहरीले जनाएको छ । तर यकिन भने हुन बाँकी रहेको छ।