Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपाल भन्छन् - नेपाल कुनैपनि सैन्य गठबन्धनको घेराभित्र पर्न चाहँदैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कुनैपनि सैन्य गठबन्धनको घेराभित्र पर्न नचाहने बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अमेरिकी सहयोग परियोजना एसपीपीबारेको छलफलका क्रममा उनले नेपाललाई सैन्य गठबन्धनभित्र तान्ने प्रयास गर्न र नेपालीलाई प्रयोग गर्छु भनेर मुक्त हुन आग्रह गरे ।

अध्यक्ष नेपालले एसपीपी सम्झौता पूर्ववर्ती एक दलीय गठबन्धन सरकारले गरेको र अहिलेको गठबन्धन सरकारले सो सम्झौताका लागि पत्र नपठाउने निर्णय गरेकोले धन्यवाद दिन आग्रह गरे ।

उनले यो अडानमा नेपाल खुट्टा नकमाइ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077