Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेले महंगी र भ्रष्टाचारविरुद्ध साउन १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने

काठमाडौं । नेकपा (एमाले) ले महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ ।

सरकारले महंगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै साउन १६ गते काठमाडौंमा जनप्रदर्शन गर्न लागेको हो ।

बिहीबार एमालेको पार्टी कार्यालय च्यासलमा उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुखसहितको बैठकमा जनप्रदर्शनलाई भव्य र व्यापक बनाउन आन्तरिक तयारी गरेको छ ।

महंगीले जनता ठूलो मारमा परेपनि महंगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै जनप्रदर्शनबाटै सरकारलाई खवरदारी गर्नुपर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077