Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सरकारलाई एमाले सांसद रावलको प्रश्न : प्रधानसेनापति अष्ट्रेलिया भ्रमणमा किन ?

काठमाडौं । नेकपा एमालेकी सांसद दिलकुमारी रावलले प्रधानसेनापति प्रभुराम शर्मा अस्ट्रेलियामा भएको कार्यक्रममा सहभागी भएको विषयमा सरकारको जवाफ माग गरेकी छन् ।

उनले प्रधान सेनापति इन्डोप्यासेफिक रणनीति (आईपीएस) को कार्यक्रममा सहभागी भएको समाचार आइरहेको भन्दै स्पष्ट पार्न सरकारसँग माग गरेकी हुन् ।

अस्ट्रेलियाको मेलर्वनमा भइरहेको आईपीएसको कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति सहभागि भएको भन्ने समाचार बाहिर आएको छ ।

कुरा के हो ? एकातिर आईपीएसको कार्यक्रममा सहभागी नहुने सरकारको निर्णय, अर्कोतिर सेनापति सहभागी हुने सरकारको दोहोरो नीति के हो ?’ उनले प्रश्न गरिन् ।सांसद रावलले कोभिड–१९ को नयाँ भेरियन्ट बढिरहेका बेला सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गर्न नसकेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077