Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार जरिवानाको फैसला

काठमाडौं । सरकारी कागजात कीर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेको आरोपमा दोषी ठहर भएका डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार जरिवानाको फैसला सुनाइएको छ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतले गत चैतमै डीएसपी सिंहलाई दोषी ठहर गरेको थियो। हालसालै सार्वजनिक भएको फैसलाको पूर्णपाठमा डीएसपी सिंहलाई ८ महिना कैद र १५ हजार जरिवनाको फैसला सुनाइको छ।

जन्ममिति सच्याएर प्रहरी सेवामा प्रवेश गरेको पुष्टि गर्दै सिंहले भ्रष्टाचार गरेको ठहर गर्दै कैद र जरिवना सुनाइएको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को ९१० बमोजिको कसुर सिंहले गरेको पूर्णपाठमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077