Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाबुराम भट्टराई समूहको 'नेपाल समाजवादी पार्टी' निर्वाचन आयोगमा दर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘नेपाल समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन्। जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नयाँ पार्टी दर्ता गरेका हुन्।

दर्ता भएको पार्टीको चुनाव चिन्ह खुलेको आँखा रहेको छ। भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हबाटै जितेका थिए।

जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराई सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति गरेका थिए। भट्टराई नयाँ पार्टी दर्ता गराए पनि जसापले सांसदबाट कारबाही गर्ने सहमति भएको छ।

२०७२ सालमा संविधान जारी भएपछि माओवादी परित्याग गरेका भट्टराईको नेपाल समाजवादी पार्टी तेस्रो हो। उनी नयाँ शक्ति, जसपा हुँदै समाजवादीमा आइपुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077