Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्वअर्थमन्त्री जनार्दन प्रकरण : छानबिन समितिले तयार पार्‍यो प्रतिवेदन, शुक्रबार सभामुखलाई बुझाइने

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले अन्तिम प्रतिवेदन तयार गरेको छ ।

सिंहदरबार बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समेटेर अन्तिम प्रतिवेदन तयार गरेको हो ।

समिति सचिव सुरेन्द्र अर्यालले समितिको प्रतिवेदन तयार भएको र केही प्राविधिक कुरा मिलाएर शुक्रबार सभामुखलाई बुझाइने जानकारी दिए ।

त्यस्तै, समिति सदस्य खगराज अधिकारीले प्रतिवेदन अन्तिम टुङ्गोमा पुगेको र सबैका आफ्ना–आफ्ना विचारहरू राखिएको तर सर्वसम्मत हुन नसकेको बताए ।

शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि उनले असार २२ गते राजीनामा दिएका थिए। सोही दिन छानबिनका लागि ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरिएको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते गठन गरेको ११ सदस्यीय समितिको म्याद दोस्रोपटक ७ दिनका लागि थपिएको छ। समितिको पहिलो पटकको म्याद साउन ५ गते सकिएकोमा पुनः ७ दिनका लागि थप गरिएको थियो । समितिको म्याद बिहीबारसम्म छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077