Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानकी पहिलो हिन्दू महिला डीएसपी बनिन् मनिषा

एजेन्सी । मनिषा रुपेता पाकिस्तानमा डिएसपी पदमा नियुक्त हुने पहिलो हिन्दू महिला भएकी छन् । सिन्ध लोक सेवा परीक्षा उत्तीर्ण गरी तालिम लिएर उनले यो उपलब्धि हासिल गरेकी हुन् ।

मनिषा सिन्ध जिल्लाको एक पिछडिएको र सानो जिल्ला जाकुबाबादमा हुर्किएकी थिइन् । उनले प्राथमिक र माध्यमिक शिक्षा यहीँबाट गरिन् । उनका बुबा जाकुबाबादका व्यापारी थिए तर मनिषा १३ वर्षकी हुँदा उनको निधन भयो ।

स्वतन्त्र रूपमा डिएसपीको जिम्मेवारी सम्हाल्नुअघि मनिषाले कराँचीको सबैभन्दा अप्ठ्यारो क्षेत्र लियारीमा तालिम लिएकी थिइन् ।

मनिषा यस क्षेत्रकै पहिलो महिला प्रहरी अधिकृत भने देशभरकी पहिलो हिन्दु डीएसपी भएकी छन् । जागिरसँगै मनिषा लोकसेवा आयोगको परीक्षाको तयारी गर्ने एकेडेमीमा पनि पढाईरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077