Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पाकिस्तानकी पहिलो हिन्दू महिला डीएसपी बनिन् मनिषा

    पाकिस्तानकी पहिलो हिन्दू महिला डीएसपी बनिन् मनिषा

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 1.5K
    SHARES

    एजेन्सी । मनिषा रुपेता पाकिस्तानमा डिएसपी पदमा नियुक्त हुने पहिलो हिन्दू महिला भएकी छन् । सिन्ध लोक सेवा परीक्षा उत्तीर्ण गरी तालिम लिएर उनले यो उपलब्धि हासिल गरेकी हुन् ।

    मनिषा सिन्ध जिल्लाको एक पिछडिएको र सानो जिल्ला जाकुबाबादमा हुर्किएकी थिइन् । उनले प्राथमिक र माध्यमिक शिक्षा यहीँबाट गरिन् । उनका बुबा जाकुबाबादका व्यापारी थिए तर मनिषा १३ वर्षकी हुँदा उनको निधन भयो ।



    स्वतन्त्र रूपमा डिएसपीको जिम्मेवारी सम्हाल्नुअघि मनिषाले कराँचीको सबैभन्दा अप्ठ्यारो क्षेत्र लियारीमा तालिम लिएकी थिइन् ।



    मनिषा यस क्षेत्रकै पहिलो महिला प्रहरी अधिकृत भने देशभरकी पहिलो हिन्दु डीएसपी भएकी छन् । जागिरसँगै मनिषा लोकसेवा आयोगको परीक्षाको तयारी गर्ने एकेडेमीमा पनि पढाईरहेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार