Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बञ्चरो प्रहार गरी छोराले गरे बुबाको हत्या

बैतडी । बैतडीमा धारिलो हतियार प्रहार गरी छोराले बुबाको हत्या गरेका छन् ।

जिल्लाको डिलाशैनी गाउँपालिका ५ शेरामा शुक्रबार बिहान २२ वर्षीय लोकराज जोशीले बञ्चरो प्रहार गरी बुबा ६८ वर्षीय अन्तराम जोशीको हत्या गरेका हुन् ।

बिहान ६ बजेतिर घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बन्चरो प्रहार गरेका डिलाशैनी गाउँपालिका ५ का वडाअध्यक्ष यज्ञराज भट्ट यदुले जानकारी दिए । टाउकोमै चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीले लोकराजलाई नियन्त्रण मा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077