Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • बञ्चरो प्रहार गरी छोराले गरे बुबाको हत्या

    बञ्चरो प्रहार गरी छोराले गरे बुबाको हत्या

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 957
    SHARES

    बैतडी । बैतडीमा धारिलो हतियार प्रहार गरी छोराले बुबाको हत्या गरेका छन् ।

    जिल्लाको डिलाशैनी गाउँपालिका ५ शेरामा शुक्रबार बिहान २२ वर्षीय लोकराज जोशीले बञ्चरो प्रहार गरी बुबा ६८ वर्षीय अन्तराम जोशीको हत्या गरेका हुन् ।



    बिहान ६ बजेतिर घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बन्चरो प्रहार गरेका डिलाशैनी गाउँपालिका ५ का वडाअध्यक्ष यज्ञराज भट्ट यदुले जानकारी दिए । टाउकोमै चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय बैतडीले लोकराजलाई नियन्त्रण मा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार