Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकारलाई निरुदेवी पालको प्रश्न– निर्मला पन्तका हत्यारा किन समात्न नसकेको ?

    सरकारलाई निरुदेवी पालको प्रश्न– निर्मला पन्तका हत्यारा किन समात्न नसकेको ?

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 951
    SHARES

    काठमाडौ+।नेकपा एमालेकी सांसद निरुदेवी पालले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएको चार वर्ष बितिसकेको उल्लेख गर्दै अझै हत्यारा पत्ता लाग्न किन नसकेको भनेर प्रश्न गरेकी छन् ।

    प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा उनले अहिले सरकारको नेतृत्व गरेको दलकै नेता तथा कार्यकर्ताले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई केपी ओली नेतृत्वको सरकारले लुकायो भन्ने आरोप लगाएको स्मरण गराइन् ।



    ‘निर्मला पन्तको हत्या भएको चार वर्ष पुगेको छ। यो सरकारले किन हत्यारा पक्राउ गरेन’, उनले भनिन् ‘विगतमा ओली सरकारले लुकाएको आरोप लगाइएको थियो तर, आजसम्म किन हत्यारा समातिएन।’



    त्यसरी आरोप लगाउने नेता तथा कार्यकर्ताको दलले नै अहिले सरकारको नेतृत्व गरेको एक वर्षभन्दा बढी भइसक्दासमेत निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई किन पक्राउ गर्न नसकेको भनेर उनले प्रश्न गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार