Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • निर्मला हत्या प्रकरण : आज पाँच वर्ष पूरा

    निर्मला हत्या प्रकरण : आज पाँच वर्ष पूरा

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 642
    SHARES

    कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज पाँच वर्ष पूरा भएको छ ।

    निर्मला पन्त २०७५ साउन १० गते साथीको घरबाट वेपत्ता भइन् । भोलिपल्ट घरभन्दा एक किलोमिटर टाँढा उखुबारीमा उनको शव फेला परेको थियो । सीआईबीले २/२ महिनाको अन्तरमा विभिन्न टोली पठाए पनि अभियुक्त भने पत्ता लगाउन सकेको छैन ।



    निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर थप एक युवकको समेत मृत्यु भएको थियो । प्रहरीले अनुसन्धान जारी रहेको बताउँदै आएको छ ।



    केन्द्रीय जाँच व्यूरो (सिआईबी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आ–आफ्नै तरिकाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म प्रहरीले एक सयभन्दा धेरै व्यक्तिको डिएनए संकलन गरी प्रयोगशालामा जाँच गराइसकेको छ भने एक दर्जन व्यक्तिलाई हिरासतमा लिएर पनि अनुसन्धान गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार